२०८३ असोज २८ गते मंगलबार।
ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्समा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित दर्ता गरेको छ।
अल एमिरेट क्रिकेट मैदानमा भएको दोस्रो खेलमा कतारलाई पराजित गर्दै नेपालले सुपर सिक्समा ६ अंक बटुलेको छ। यो जितसँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकप खेल्ने सम्भावना थप बलियो बनाएको छ।