२१ जेष्ठ २०८३, बिहीबार

एनपिएलमा ‘म्याच फिक्सिङ’ गर्न खोज्ने दुई जना पक्राउ

159

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीलाई आर्थिक प्रलोभन देखाई खेलको नतिजा प्रभावित पार्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक दिलप्रित सिंह र बर्दियाकी रेविका सिंह ठकुरी रहेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत खेलाडीलाई स्पोन्सर गर्ने बहानामा सम्पर्क गरी खेलमा प्रभाव पार्न खोजेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लाजिम्पाटबाट पक्राउ परेका उनीहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।

Author

Leave A Reply

Your email address will not be published.