३० भाद्र २०८३, मंगलवार

रसुवा बाढी: नेपाल प्रहरीको विशेष चिकित्सक र विपद् टोली परिचालन

33

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्धार र स्वास्थ्य उपचारका लागि उच्च प्राथमिकताका साथ जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ।

प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (SSP) डा. छन्द बुढाथोकीको कमान्डमा ९ जनाको चिकित्सक टोली एम्बुलेन्स र आवश्यक स्वास्थ्य सामग्रीसहित रसुवातर्फ प्रस्थान गरेको छ। घाइतेहरूको उपचारका लागि नेपाल प्रहरी अस्पतालको इमर्जेन्सी र ट्रमा वार्डलाई समेत दक्ष जनशक्तिसहित तयारी अवस्थामा राखिएको छ।

यसै गरी, सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट आवश्यक उद्धार सामग्रीसहितको विशेष टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। प्रहरीले अन्य सुरक्षा निकाय र स्थानीयसँग समन्वय गरी उद्धार तथा विस्थापितहरूको स्थानान्तरण कार्यलाई तीव्रता दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.