३० भाद्र २०८३, मंगलवार

बाढी संकट: प्रधानमन्त्री शाह र प्रभावित पाँच जिल्लाका सांसदहरूबीच परामर्श

50

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग छलफल गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसदहरूसँग बाढीले पुर्‍याएको क्षति र उद्धार कार्यबारे परामर्श भएको हो।

भेटका क्रममा सांसदहरूले आ–आफ्नो क्षेत्रमा परेको असर र तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो। प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा र राहतमा पूर्ण प्रतिबद्धताका साथ खटिएको बताउनुभयो।

उहाँले तल्लो तटीय क्षेत्रका विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न मातहतका निकायलाई निर्देशन दिइसकिएको र सुरक्षा निकायमार्फत उद्धार कार्यलाई तीव्रता दिइएको जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्रीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट समेत वस्तुस्थितिको उच्चस्तरीय जानकारी लिनुभएको थियो।

Author

Leave A Reply

Your email address will not be published.