३० भाद्र २०८३, मंगलवार

काठमाडौंमा १४८ ग्राम खैरो हेरोइनसहित ४ जना पक्राउ

25

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट १४८ ग्राम ९५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उनीहरूलाई छुट्टाछुट्टै मितिमा पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सिराहाका रितेष कुमार यादव र अभिषेक यादव, मोरङका मनोज बस्नेत र एक १७ वर्षीया किशोरी रहेका छन् । उनीहरूको साथबाट २ थान डिजिटल तराजु र ९० हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

Author

Leave A Reply

Your email address will not be published.