१२ श्रावण २०८३, मंगलवार

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन

3

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार उहाँको निधन भएको हो।

उहाँको पार्थिव शरीरलाई बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ।

श्रेष्ठलाई गत साउन ७ गते मात्रै पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको थियो। उहाँको निधनप्रति कांग्रेस पंक्ति र राजनीतिक वृत्तमा शोक छाएको छ।

Author

Leave A Reply

Your email address will not be published.