१२ श्रावण २०८३, मंगलवार

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ जारी गर्ने

110

प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात् १६ लाख ४० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको हो।

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले आगामी २०८३ साउन २२ गते विशेष साधारण सभा आह्वान गरेको छ। पछिल्लो समय सुदृढ वित्तीय अवस्थामा रहेको यस कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा करिब ४७.५ करोड रुपैयाँको कारोबार गरेको छ भने विगत ५ वर्षदेखि निरन्तर नाफामा सञ्चालन भइरहेको छ।

कम्पनीले आफ्नो कुल उत्पादनको ७० प्रतिशतभन्दा बढी हिस्सा भारत लगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको छ। प्रतिष्ठित उद्योगी जीवनप्रसाद रिजाल अध्यक्ष रहेको यस कम्पनीमा विभिन्न व्यावसायिक घराना र संस्थागत लगानीकर्ताहरूको लगानी रहेको छ। कम्पनीले आधुनिक प्रविधिमार्फत आयात प्रतिस्थापन र निर्यात विस्तारलाई आफ्नो मुख्य लक्ष्य बनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.