१२ श्रावण २०८३, मंगलवार

चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिन सञ्चारमन्त्रीको प्रतिबद्धता

9

काठमाडौँ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिलाउन आवश्यक नीतिगत पहल अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ। बिहीबार मन्त्रालयमा सिनेकर्मीहरूसँग भएको छलफलमा उहाँले चलचित्रलाई सिर्जनात्मक र आर्थिक गतिविधिसँग जोडिएको उद्योगका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको बताउनुभयो।

छलफलमा निर्देशक निश्चल बस्नेत, मनोज पण्डित, खगेन्द्र लामिछाने र शैलेन्द्रध्वज कार्की सहभागी हुनुहुन्थ्यो। उहाँहरूले चलचित्रलाई उद्योगको मान्यता दिएमा राज्यबाट प्राप्त हुने सहुलियत, लगानी संरक्षण र बजार विस्तारमा सहज हुने सुझाव दिनुभएको थियो।

मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि उद्योग र अर्थ मन्त्रालयसँग समन्वय गर्ने, सहुलियतपूर्ण ऋणको व्यवस्थाका लागि पहल गर्ने र चलचित्र अनुदानसम्बन्धी कार्यविधि छिट्टै तयार पार्ने जानकारी दिनुभयो। चलचित्रले राष्ट्रिय अर्थतन्त्र, भाषा र संस्कृतिको प्रवद्र्धनमा ठूलो योगदान पुर्‍याउने भएकाले यसलाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो।

Author

Leave A Reply

Your email address will not be published.