१२ श्रावण २०८३, मंगलवार

स्वास्थ्य सेवा सुचारु गर्न र दोषीलाई कारबाही गर्न मानव अधिकार आयोगको निर्देशन

11

काठमाडौँ, १२ साउन । राष्ट्रिय मानव अधिकार आयोगले वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको कुटपिट र त्यसको विरोधमा देशभर स्वास्थ्य सेवा बन्द गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि हुने कुटपिट र अस्पताल तोडफोडलाई ‘निन्दनीय’ र कानुनको शासनमाथिको चुनौती भनेको छ। अर्कोतर्फ, विरोधका नाममा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हक कुण्ठित भएको आयोगको ठहर छ।

आयोगले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। साथै, लाखौँ बिरामीको जीवन जोखिममा पर्न सक्ने भएकाले तत्काल सेवा सुचारु गर्न, विरोधका लागि वैकल्पिक उपाय अपनाउन र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न सरकार र आन्दोलनरत चिकित्सक पक्षलाई आग्रह गरेको छ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.