१२ श्रावण २०८३, मंगलवार

१२ कृषि बजारको दैनिक थोक मूल्य हेर्न ‘एएमपिआइएस नेपाल’ एप सञ्चालनमा

10

काठमाडौँ, १२ साउन । कृषकहरूलाई कृषि उपजको बजार मूल्य सहज र पारदर्शी रूपमा उपलब्ध गराउने उद्देश्यले ‘एएमपिआइएस नेपाल’ (AMPIS Nepal) मोबाइल एप सञ्चालनमा ल्याइएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा यो एप सञ्चालनमा आएको हो।

यस एपमार्फत अब कालिमाटीसहित झापा, धनुषा, कास्की, रुपन्देही, बैंक, कैलाली लगायत देशभरका १२ वटा संघीय कृषि बजारको दैनिक थोक मूल्य मोबाइलबाटै हेर्न सकिनेछ। मन्त्री चौधरीका अनुसार यस प्रविधिले कृषकलाई बिचौलियाको ठगीबाट जोगाउन र आफ्ना उत्पादनको उचित मूल्य पाउन ठूलो सहयोग पुग्नेछ।

एपमा कृषि उपजको न्यूनतम, अधिकतम र औसत थोक मूल्यका साथै बजार अनुसारको मूल्य तुलना र कृषि मौसमी सल्लाह बुलेटिनसमेत उपलब्ध गराइएको छ। एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले कृषि विभागको वेबसाइटमा रहेको क्यूआर (QR) कोड स्क्यान गरेर वा डाउनलोड गरी यो एप प्रयोग गर्न सक्नेछन्।

Author

Leave A Reply

Your email address will not be published.