१२ श्रावण २०८३, मंगलवार

१२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ५ जना पक्राउ

11

मोरङ । मोरङमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमन कुमार साह लगायत ५ जना रहेका छन्।

बालिकालाई करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.