१२ श्रावण २०८३, मंगलवार

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेट: शिक्षा र खेलकुदमा सहकार्य बढ्ने

18

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा अमेरिकी सहयोग र खेलकुदका क्षेत्रमा हुन सक्ने सम्भावित सहकार्यबारे छलफल भएको थियो। मन्त्री पोखरेलले सरकारले शिक्षालाई व्यावहारिक बनाउन राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरिरहेको र विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रममा समावेश गर्न लागेको जानकारी दिनुभयो। उहाँले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल लर्निङ र शिक्षक तालिममा अमेरिकी सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।

कार्यवाहक राजदूत अर्बमले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि अमेरिकी सरकार सकारात्मक रहेको बताउनुभयो। उहाँले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा अमेरिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। भेटमा दुवै पक्षले लामो समयदेखि चल्दै आएको अर्लिग्रेड रिडिङ र लर्निङ जस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विषयमा पनि छलफल गरेका थिए।

Author

Leave A Reply

Your email address will not be published.