१२ श्रावण २०८३, मंगलवार

प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता, जलविद्युत् र पर्यटनमा सहकार्य गर्ने प्रतिबद्धता

42

काठमाडौँ, २३ असार ।
प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले सुशासन र पारदर्शितामार्फत नेपालको विकासमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो। विशेषगरी जलविद्युत्, पर्यटन, डिजिटलाइजेसन र सडक पूर्वाधारका क्षेत्रमा सहकार्य गर्ने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्। एडीबी अध्यक्ष कान्डाले नेपालको आर्थिक विकासका लागि दीर्घकालीन साझेदारका रूपमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.