२१ जेष्ठ २०८३, बिहीबार

महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

69

मुम्बई । भारतीय संगीतकी दिग्गज गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुटु र श्वासप्रश्वाससम्बन्धी समस्याका कारण मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा शनिबार राति उनको निधन भएको हो ।

सात दशकभन्दा लामो सांगीतिक यात्रामा हजारौँ गीत गाएकी भोसलेको निधनको पुष्टि उनका छोरा आनन्दले गरेका छन् । सन् १९३३ मा जन्मिएकी उनले ९ वर्षको उमेरदेखि नै गायन सुरु गरेकी थिइन् । आफ्नो करियरमा दुई पटक राष्ट्रिय फिल्म पुरस्कार र सात पटक फिल्मफेयर अवार्ड जितेकी उनको अन्त्येष्टि भोलि सोमबार गरिने परिवारले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.