३ बैशाख २०८३, बिहीबार

सरकारी सूचना अब सरकारी सञ्चार माध्यममा मात्रै प्रकाशन गर्नुपर्ने

129

नेपाल सरकारले सबै सरकारी निकायका सार्वजनिक सूचना तथा विज्ञापनहरू अबदेखि सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेश र स्थानीय तहलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । सरकारी खर्चमा मितव्ययिता (बचत) कायम गर्न, सूचना प्रकाशनमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी सञ्चार माध्यमहरूको प्रवर्द्धन गर्न यो कदम चालिएको कार्यालयले जनाएको छ ।

निर्णयका मुख्य बुँदाहरू:

१. सरकारी माध्यमलाई प्राथमिकता: सार्वजनिक खरिद लगायतका सबै सरकारी सूचनाहरू अब गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्रै प्रकाशन/प्रसारण गर्नुपर्नेछ ।

२. सिधै भुक्तानी: विज्ञापन बापतको रकम भुक्तानी गर्दा कुनै विचौलिया बिना सिधै सम्बन्धित सञ्चार संस्थाको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

३. आधिकारिक दर र छुट: विज्ञापनको दररेट र छुट (Discount) को विषय सम्बन्धित सञ्चार माध्यमले आधिकारिक रूपमा स्वीकृत गरेको हुनुपर्नेछ ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.