२१ जेष्ठ २०८३, बिहीबार

 ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा ‘रेड नोटिस’ जारी भएकी तुल्सी अधिकारी पक्राउ

13

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दामा संलग्न रही फरार रहेकी तुल्सी अधिकारी पक्राउ परेकी छिन् । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएकी उनलाई शनिबार राति नेपाल ल्याइएको छ ।

ललितपुरको भैंसेपाटी बस्ने नवलपरासी (पश्चिम) सुनवल नगरपालिका–६ की अधिकारीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी पक्राउ गर्न नेपाल प्रहरीको अनुरोधमा २०८२ चैत ३ गते रेड नोटिस जारी गरिएको थियो ।

प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार उनलाई ठगी, आपराधिक लाभ (एक्सटर्सन) र सम्पत्ति शुद्धीकरणको मुद्दामा कारबाही प्रक्रिया अघि बढाउन विदेशबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको हो ।

पक्राउ परेकी अधिकारीलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.