२०८१ चैत्र २८ गते बिहिबार।
सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ । वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ भने सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई सहितको टोलीको सहभागी रहेको छ। शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।