३० भाद्र २०८३, मंगलवार

आजदेखि निःशुल्क ‘एचपीभी’ खोप, १० देखि १४ वर्षसम्मका देशभरका १६ लाख किशोरीहरुले लगाउदै

240

२०८१ माघ २२ गते मंगलबार।


विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ (ह्युमन प्यापिलोमा भाइरस) दिँदैछ।

विद्यालय केन्द्रित यो अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैसाथ सञ्चालन गरेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिइनेछ।

यो अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ।

विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो।

Author

Leave A Reply

Your email address will not be published.