अमेरिकाको वाशिंगटन डीसीमा विमान र हेलिकप्टर ठोक्किएर दुर्घटना, अहिलेसम्म १८ जनाको शव निकालियो
अमेरिकन एयरलाइन्सको विमान वाशिंगटन डीसी नजिकै मध्य हावामा ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ।
बिबिसी हिन्दीका अनुसार विमानमा ६४ जना यात्रु सवार थिए । ६० यात्रु र चार चालक दलका सदस्य रहेका थिए।
प्रहरी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई भने कि अहिलेसम्म १८ जनाको शव निकालिएको छ।
बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान वासिङ्टनबाट कन्सास जाँदै थियो ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार टक्करपछि विमान हावामा दुई टुक्रा भई पोटोमेक नदीमा खसेको थियो ।
नदीमा खोजी तथा उद्धार कार्य जारी छ ।
स्थानीय समय अनुसार राति ९ बजे रेगन वासिङ्गटन राष्ट्रिय विमानस्थलनजिकै भएको यस दुर्घटनाको अनुसन्धान सुरु भएको छ ।
यो विमान रेगन राष्ट्रिय विमानस्थलबाट उडेको थियो।