नेविसंघले आयोजना गर्ने ‘जय नेपाल कप विश्वविद्यालय क्रिकेट’ सोमबारदेखि सुरु
काठमाण्डौ
नेपाली कांग्रेसको भात्री संगठन, नेपाल विद्यार्थी संघले जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जलवायु परिवर्तनको मुद्दा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागेको प्रतियोगिता सोमबारदेखि सुरु हुने जानकारी दिए। उक्त्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ दिनसम्म चल्नेछ।
प्रतियोगितामा नेपालबाट त्रिवि, केयू, मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालय, भारतबाट दिल्ली, लखनउ र बाबासाहेब भीमराव बिहार विश्वविद्यालय तथा बंगलादेशबाट ढाका विश्वविद्यालयले प्रतिस्पर्धा गर्नेछन्।
जय नेपाल कप विजेताले १५ लाख र उपविजेताले १० लाख त्यस्तै अन्य विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई ५ लाख पुरस्कार प्रदान गरिने उनले जानकारी दिए।