राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सुरु
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सिंहदरबारप्लाजास्थित कर्पोरेट शाखाबाट मिति २०८३ भदौ २२ गतेदेखि सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको छ। नियमित कार्यालय समयपश्चात् ग्राहकहरूलाई थप सुविधा पुऱ्याउने उद्देश्यले बेलुका ५:०० बजेदेखि ६:०० बजेसम्म थप एक घण्टा सञ्चालन हुने यस काउण्टरबाट चेक भुक्तानी तथा नगद जम्मालगायतका सीमित बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछन्। वि.सं. २०२२ सालमा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको यस बैंकले हाल ७७ वटै जिल्लाका ३१६ शाखा र ३३८ एटिएममार्फत ४८ लाखभन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।