२१ जेष्ठ २०८३, बिहीबार

एन्फाविरुद्ध खेलाडीको प्रदर्शन: मेडल झुन्ड्याएर विरोध, घरेलु लिगको माग

201

काठमाडौं: करिब तीन वर्षदेखि शहिद स्मारक ए डिभिजन लिग लगायतका अन्य लिग ठप्प भएपछि फुटबल खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध प्रदर्शन गरेका छन्। नेपाल फुटबल खेलाडी संघको अगुवाइमा बिहीबार राष्ट्रिय टोलीका खेलाडीसहित ए, बी र सी डिभिजन क्लबका खेलाडीहरूले एन्फाको मुख्य गेटमा मेडल झुन्ड्याएर विरोध जनाएका हुन्।

खेलाडीहरूलाई एन्फा परिसरभित्र प्रवेश गर्न नदिएपछि उनीहरूले बाहिरबाटै प्रदर्शन गर्दै विभिन्न प्रतियोगितामा जितेका मेडलहरू गेटमा झुन्ड्याएका थिए। यस प्रदर्शनमा क्लबका पदाधिकारी, अन्य खेलका खेलाडी र फुटबल समर्थकहरूले पनि साथ दिएका थिए।

प्रदर्शनका क्रममा “घरेलु लिग चलाऊ, फुटबल बचाऊ”, “विश्वकप त ४ वर्षमा आउँछ ए डिभिजन कहिले आउँछ?” जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएको थियो। खेलाडी संघले एन्फाले तोकिएको समयमा लिग आयोजना नगरे थप कडा विरोधका कार्यक्रम ल्याउने चेतावनी दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.