अस्ट्रेलियामा एक जना नेपाली नर्सको मृत्यु भएको छ । अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको हो ।
दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन् । प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।
दीक्षाले केहीअघि मात्रै नेपालमा आएर बिवाह गरेकी थिइन् ।