२३ जेष्ठ २०८३, शनिबार

बिहे गर्दै नीता र हरिहर

228

२१ असार/ अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले विवाह गर्ने भएका छन्।

४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले असार २४ गते विवाह गर्न लागेका हुन्।

आइतबार उनीहरूको विवाहको कार्ड सार्वजनिक भएको छ। सार्वजनिक भएको कार्डका अनुसार उक्त मितिमा दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुनेछ।

उनीहरूको विवाहमा नजिकको आफन्त र परिवारलाई मात्र बोलाइएको छ। उनीहरूले २६ गते सोही होटलमा रिसेप्सन पार्टी राखेका छन्।

बिहेपछि नीता र हरिहर फिल्म ‘ह्रस्व दीर्घ’मा व्यस्त हुनेछन्।

Author

Leave A Reply

Your email address will not be published.