२१ जेष्ठ २०८३, बिहीबार

चलचित्र विकास बोर्डद्वारा एक महिने फोटोग्राफी तालिमको आह्वान

34

काठमाडौँ ।
चलचित्र विकास बोर्डले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा ‘फोटो तथा भिडियो पत्रकारिता’ सम्बन्धी एक महिने फोटोग्राफी तालिम सञ्चालन गर्ने भएको छ। ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष-२०८२’ अन्तर्गत यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मिति (२०८३/०१/१५) ले १० दिनभित्र आवेदन दिनुपर्नेछ। बोर्डको वेबसाइटबाट आवेदन फारम डाउनलोड गरी बोर्डको कार्यालयमा वा इमेल (fdbnepal@gmail.com) मार्फत आवेदन पेश गर्न सकिनेछ।

बोर्डका अनुसार प्राप्त निवेदनहरूमध्ये पहिले दर्ता हुन आएकाहरूलाई प्राथमिकता दिँदै नियमानुसार सहभागी छनोट गरिनेछ। थप जानकारीका लागि बोर्डको ह्वाट्सएप नम्बर ९८६८६६८५७६ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.