डा. कृष्णहरि बरालको शब्दमा ‘दशैं आयो’ गीत सार्वजनिक
काठमाडौं । नेपालीको महान् चाड बडादशैं नजिकिएसँगै दशैंसम्बन्धी गीत सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा वरिष्ठ गीतकार डा. कृष्णहरि बरालको शब्द र संगीतकार महेश खड्काको संगीतमा तयार भएको ‘दशैं आयो’ गीत शुक्रबार सार्वजनिक भएको छ।
गायिका अनु चौधरी र गायक हसन राईको स्वर रहेको गीतमा सुनिल राईको एरेन्ज रहेको छ। लुङ्गटो क्रिएसनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा कलाकार लक्ष्मी बर्देवा र प्रभातपाल ठकुरीले अभिनय गरेका छन्।
गायक हसन राईले यसअघि ‘खोर्सानी खायो मैनाले’ लगायतका गीत सार्वजनिक गरिसकेका छन्। ‘दशैं आयो’ सार्वजनिक भएसँगै डिजिटल संगीत प्लेटफर्म तथा सामाजिक सञ्जालमा चर्चा पाउन थालेको जनाइएको छ।