६ आश्विन २०८३, मंगलवार

भाषा, साहित्य र संस्कृतिको संरक्षणमा साहित्यिक पत्रकारिताको भूमिका महत्त्वपूर्ण : सञ्चारमन्त्री डा. तिमिल्सिना

2
काठमाडौँ, ६ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण तथा प्रवर्द्धनमा साहित्यिक पत्रकारिताको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ। नेपाल साहित्यिक पत्रकार सङ्घका प्रतिनिधिसँग मन्त्रालयमा भएको भेटका क्रममा उहाँले साहित्यिक पत्रकारिता समाजको मौलिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने माध्यम भएको उल्लेख गर्नुभयो।
विभिन्न मातृभाषाका पत्रपत्रिकाले सम्बन्धित समुदायको भाषा-संस्कृति बुझ्न सघाउने बताउँदै मन्त्री तिमिल्सिनाले दुर्गम तथा ग्रामीण क्षेत्रको पत्रकारितालाई राज्यले प्राथमिकताका साथ हेर्ने प्रतिबद्धता जनाउनुभयो।
सो क्रममा नेपाल साहित्यिक पत्रकार सङ्घले साहित्यिक तथा मातृभाषाका पत्रपत्रिकाका लागि छुट्टै मापदण्ड बनाउनुपर्ने, साहित्यिक अनलाइनलाई वर्गीकरणमा समेट्नुपर्ने र हुलाक सेवामार्फत ढुवानी सहज बनाउनुपर्ने जस्ता सुझाव मन्त्रीसमक्ष पेस गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.