६ आश्विन २०८३, मंगलवार

नेपाल टेलिकमद्वारा १३ स्थानमा नयाँ टावर जडान, दूरसञ्चार सेवा विस्तार

3
काठमाडौँ,  । सरकारले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधारलाई प्राथमिकता दिएसँगै नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट (टावर) सञ्चालनमा ल्याएको छ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार बागमती प्रदेशको ललितपुर र चितवन, गण्डकी प्रदेशको नवलपुर र लमजुङ, लुम्बिनी प्रदेशको कपिलवस्तु र पाल्पा, कर्णाली प्रदेशको जुम्ला र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको बाजुरा, डडेल्धुरा र दार्चुलाका विभिन्न स्थानमा नयाँ टावर सञ्चालनमा ल्याइएको हो।
चालु आर्थिक वर्षलाई सूचना तथा सञ्चार मन्त्रालयले दूरसञ्चार क्षेत्रमा रुपान्तरणको वर्षका रूपमा अघि बढाउँदै ग्रामीण तथा दुर्गम क्षेत्रमा फोरजी र ब्रोडब्यान्ड सेवा विस्तार गर्ने लक्ष्य राखेको छ। नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच र गुणस्तरमा सुधार आउने र पहुँच नपुगेका अन्य स्थानमा पनि क्रमशः सेवा विस्तार गर्दै जाने टेलिकमले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.