१४ कार्तिक २०८३, शुक्रबार

नेपालका थप ६ हिमाललाई ‘८ हजार मिटर’ को अन्तर्राष्ट्रिय मान्यता दिलाउन मन्त्री पौडेलको पहल

28

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’ ले नेपालका थप ६ वटा हिमाललाई विश्वका आठ हजार मिटरभन्दा अग्ला छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएका छन्। काठमाडौंमा आयोजित विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को साधारणसभामा मन्त्री पौडेलले नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत उक्त प्रस्ताव अघि सारेका हुन्।

नेपालले यालुङ काङ (८,५०५ मि.), कञ्चनजङ्घा दक्षिण (८,४७६ मि.), कञ्चनजङ्घा मध्य (८,४७३ मि.), ल्होत्से मध्य (८,४१० मि.), ल्होत्से शार (८,४०० मि.) र यालुङ काङ पश्चिम (८,०७७ मि.) लाई आठ हजार मिटरभन्दा अग्ला छुट्टै हिमालको मान्यता दिन माग गरेको छ।

यो प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ, जसमध्ये १४ वटा नेपालमै रहनेछन्। यसले नेपालको पर्वतीय पहिचान विश्वसामु थप उचाइमा पुर्‍याउनुका साथै साहसिक पर्यटन, हिमाली अनुसन्धान र प्रवर्द्धनमा नयाँ सम्भावना खोल्ने मन्त्री पौडेलले बताएका छन्।

Author

Leave A Reply

Your email address will not be published.