१४ कार्तिक २०८३, शुक्रबार

डा. गोविन्द केसीसँगका सहमति कार्यान्वयनमा प्रगति: चिकित्सा शिक्षामा सुधार अघि बढेको सरकारको दाबी

22

२०८३ कार्तिक १३ गते शुक्रबार ।

शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमतिहरू कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारको कार्य तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी भएपछि गठित चिकित्सा शिक्षा आयोगमार्फत साझा प्रवेश परीक्षा, तहगत कोटा निर्धारण, पारदर्शी विद्यार्थी भर्ना तथा छात्रवृत्ति व्यवस्थापन जस्ता महत्त्वपूर्ण सुधारहरू भएका छन्। जसले गर्दा चिकित्सा शिक्षा व्यवस्थित हुनुका साथै ठूलो सङ्ख्यामा विद्यार्थीहरूले निःशुल्क अध्ययनको अवसर पाएका छन्।

देशभर चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने क्रममा सुदूरपश्चिमको कैलालीस्थित शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठन सुरु भइसकेको छ। साथै कर्णालीको सुर्खेत, लुम्बिनीको बुटवल र मधेश प्रदेशको बर्दिबासमा शैक्षिक संस्थाको पूर्वाधार विकास कार्य तीव्र रूपमा भइरहेको मन्त्रालयले जनाएको छ।

डा. केसीसँग पछिल्लो पटक २०८३ साउन ११ गते भएको सहमतिका बाँकी बुँदा कार्यान्वयनका लागि गठित कार्यदलहरू सक्रिय रहेको उल्लेख गर्दै मन्त्रालयले चिकित्सा शिक्षा र समग्र शिक्षा क्षेत्रमा सुशासन तथा प्रभावकारी सेवा प्रवाह कायम गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

Author

Leave A Reply

Your email address will not be published.