लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री
काठमाडौं — सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिकालाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक, वस्तुनिष्ठ र विधिसम्मत आधारमा निर्धारण गरिएको बताउनुभएको छ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उहाँले विज्ञापनको दर निर्धारण गर्दा पत्रपत्रिकाको वर्गीकरण, प्रकाशन संख्या, विद्यमान दररेट तथा महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाइएको जानकारी दिनुभयो। नयाँ व्यवस्थाका कारण केही पत्रिकाको रकम घटबढ भए पनि कुनै निश्चित पत्रिकालाई लक्षित नगरिएको उहाँले स्पष्ट पार्नुभयो। नयाँ दरप्रति नेपाल पत्रकार महासंघलगायतका संस्थाले विरोध जनाउँदै आएका छन्।