१६ आश्विन २०८३, शुक्रबार

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला

21

इटहरी — युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु हुँदैछ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गर्ने मेलामा सीप पहिचान, रोजगार मिलान, तालिम तथा सूचना–परामर्श सेवा उपलब्ध गराइनेछ। भोलिदेखि असोज १९ गतेसम्म १० वटा विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुने आयोजकले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.