१५ आश्विन २०८३, बिहीबार

स्वदेशी रासायनिक मलको खरिद सुनिश्चितताका लागि कार्यदल गठन

8

काठमाडौं — नेपालमा रासायनिक मल उत्पादन सुरु भएपछि उत्पादित मलको खरिद सुनिश्चितताका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ।

कृषिमन्त्री गिता चौधरीको मन्त्रीस्तरीय निर्णयबाट गठित कार्यदलमा कृषि, अर्थ, उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञहरू छन्। कार्यदलले विद्यमान कानुनी तथा नीतिगत व्यवस्था अध्ययन गरी आवश्यक कानुनी, नीतिगत र संस्थागत प्रबन्धबारे ३० दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउनेछ।

Author

Leave A Reply

Your email address will not be published.