१६ आश्विन २०८३, शुक्रबार

पूर्वाञ्चल ल्युब आयलको २७औँ साधारणसभा सम्पन्न, आईपीओ निष्कासनको तयारी

295

विराटचोक –  पी. एल. ओ.  ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित सबै प्रस्ताव पारित गरेको छ।

सभाले चुक्ता पुँजीमा करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, बजेट, सञ्चालकहरूको पारिश्रमिक तथा नयाँ सञ्चालक समिति चयनसम्बन्धी प्रस्ताव पारित भएका छन्।

यसैबीच, पूर्वाञ्चल ल्युब आयलले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनको तयारीलाई अघि बढाएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार योग्य संस्थागत लगानीकर्ताका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ।

आईपीओ निष्कासनमार्फत पूँजी विस्तार गर्दै व्यवसायलाई थप विस्तार गर्ने कम्पनीको योजना छ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.