१६ आश्विन २०८३, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व लक्षित कर्जा अफर

29

काठमाडौं — राष्ट्रिय वाणिज्य बैंकले दशैँ, तिहार र छठलाई लक्षित गर्दै घर तथा सवारी कर्जामा विशेष अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत घर जग्गा खरिद, घर निर्माण तथा घडेरी खरिदका लागि ५.५१ प्रतिशत ब्याजदरमा २० वर्ष अवधिको ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। त्यस्तै, विद्युतीयलगायत सबै प्रकारका सवारी साधन खरिदका लागि ४.९० प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको १ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ।

कर्जाको सेवा शुल्कमा समेत छुटको व्यवस्था गरिएको छ। बैंकका अनुसार उक्त अफर २०८३ कार्तिक मसान्तसम्म लागू हुनेछ।

Author

Leave A Reply

Your email address will not be published.