अष्ट्रेलियाको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा आभार
काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोपछि अष्ट्रेलिया सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ।
अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले ११ मिलियन अष्ट्रेलियन डलर सहयोग तथा १७ सदस्यीय विपद् प्रतिकार्य टोली नेपाल पठाएकोमा धन्यवाद दिनुभयो। उहाँले बाढीपछि बेपत्ता अष्ट्रेलियन नागरिकको खोजीलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
भेटमा राजदूत अर्न्स्टले बाढीपहिरोबाट भएको क्षतिप्रति समवेदना व्यक्त गर्दै संयुक्त राष्ट्रसंघमा नेपालको प्रभावकारी उपस्थितिको प्रशंसा गर्नुभयो।