३ बैशाख २०८३, बिहीबार

अनिश लिम्बु र सुनिता थेगिमको स्वरमा ‘आकाशै राम्रो जुनले’ सार्वजनिक

498

२०८२ असार ३१ गते मंगलबार, काठमाडौं।

नेपाली सांगीतिक बजारमा परम्परागत लय र समसामयिक भावलाई समेटेर तयार पारिएको नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक भएको छ। चर्चित गायक अनिश लिम्बु र गायिका सुनिता थेगिम लिम्बुको सुमधुर स्वरमा सजिएको यो गीतले श्रोता तथा दर्शकमाझ सकारात्मक चर्चा बटुलिरहेको छ।

गीतमा मनिपाल राईको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन पनि उहाँले नै गर्नुभएको हो। दुवै गायक-गायिकाको भावपूर्ण आवाजले गीतको मर्मलाई जीवन्त बनाएको छ। राजु कार्कीले गीतको मिक्सिङ र मास्टरिङ गरी यसलाई प्राविधिक रूपमा अब्बल बनाएका छन्। गीतलाई राजा स्टुडियोमा रेकर्ड गरिएको हो, जहाँ सुरेश राई र मनोज सामसुन राईले रेकर्डिस्टको भूमिका निर्वाह गरेका छन्।

गीतको म्युजिक भिडियो पनि आकर्षक बनाइएको छ। विजय मगरको निर्देशनमा बनेको भिडियोमा पूर्ण लिम्बू, सुहाङ्मा आङ्बुहाङ लिम्बु, सुरेश सापकोटा, अनिश नुमिहाङ राई, गंगा राई, कल्पना हाङ्खिम राई र सुनिता पन्त जस्ता कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ।

अर्जुन खड्काले क्यामेरा, सम्पादन र पोस्टर आर्टको जिम्मेवारी सम्हालेका छन् भने प्रकाश संयोजन अनिल पराजुली र मेकअप रबिना लिम्बुले गरेकी हुन्।

उत्कृष्ट लोक लय, सुन्दर दृश्य र सांस्कृतिक सुगन्धको एक सन्तुलित प्रस्तुति बनेको ‘आकाशै राम्रो जुनले’ ले नेपाली सांगीतिक बजारमा नयाँ तरङ्ग सिर्जना गर्ने र श्रोता तथा दर्शकको मन जित्नेमा निर्माण पक्षले विश्वास व्यक्त गरेको छ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtube.com/watch?v=vIvNsCbBTu4%3Fsi%3DO70e71EPw1_L8Mmx

Author

Leave A Reply

Your email address will not be published.