४ बैशाख २०८३, शुक्रबार

पर्वतीय फिल्म फेस्टिभलको विश्व सम्मेलन काठमाडौंमा हुने

155

काठमाडौं,वैशाख २० पर्वतीय फिल्म फेस्टिभलहरुको अन्तर्राष्ट्रिय छाता संस्था इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म(आईएएमएफ)को विश्व सम्मेलन काठमाडौंमा आयोजना हुने भएको

शनिबार इटालीको ट्रेन्टोमा सम्पन्न साधारणसभाले नवनिर्वाचित बोर्ड अफ डाइरेक्टर्स पनि घोषणा गरेको  ।नवनिर्वाचित समितिमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) आयोजना संस्था हिमाल एसोसियसनका अध्यक्षबसन्त थापा पनि निर्देशकमा चुनिएका छन् अध्यक्षमा बिलबाओ मेन्डी फिल्म फेस्टिभलका जाबी बराइयाजारा चुनिएका छन् नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ

२० मुलुकका २८ फेस्टिभल सदस्य रहेको आईएएमएफमा किम्फ पनि सदस्य सन् १९५२ मा स्थापना भएको यो ट्रेन्टो फिल्मफेस्टिभल विश्वकै पुरानो फेस्टिभल अन्तर्गत पर्छ किम्फको आगामी संस्करणकै छेकोमा आईएएमएफको विश्व सम्मेलन सन् २०२२ को डिसेम्बरमा काठमाडौंमा हुने जनाइएको सम्मेलन काठमाडौंमा हुने खबरले आफू उत्साहित रहेको किम्फले जनाएको

Author

Leave A Reply

Your email address will not be published.