राज्यका प्रमुख संरचनाको पुनर्संरचनाबिना देश अघि बढ्दैन : रवि किरण हमाल
काठमाडौं ।
जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राज्यका प्रमुख संरचनाहरूमा आमूल सुधार तथा पुनर्संरचना नगरेसम्म मुलुकले निकास पाउन नसक्ने बताएका छन्।
हमालले शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्यायालय, विश्वविद्यालय, कूटनीतिक निकाय, सुरक्षा अंग तथा कर्मचारी प्रशासनमा व्यापक संरचनात्मक सुधार अपरिहार्य रहेको औंल्याएका हुन्। भित्रैदेखि कमजोर भइसकेको विद्यमान प्रणालीलाई सामान्य टालटुल गरेर मात्र देश अघि बढ्न नसक्ने उनको भनाइ छ।
सरकार परिवर्तन वा निर्वाचनले मात्र मुलुकको गहिरो शासकीय संकट समाधान नगर्ने दाबी गर्दै उनले राज्यका आधारभूत संरचना र कार्यशैलीमै ठोस परिवर्तनका लागि सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।