३० भाद्र २०८३, मंगलवार

भोटेकोशी बाढी: विपक्षी दलका नेताद्वारा सरकारलाई सघाउने प्रतिबद्धता

38

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको विपद्को यस घडीमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेरअघि बोलाउनुभएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्’को बैठकमा बोल्नुहुँदै प्रतिनिधिसभामा विपक्षी दलका नेता भिष्मराज आङ्दाम्वेले उक्त प्रतिबद्धता जनाउनुभएको हो। नेता आङ्दाम्वेले सरकारले तत्कालै देखाएको क्रियाशीलताका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले संकटको समयमा पक्ष-विपक्षभन्दा पनि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न सो बैठकमा बाढीले अहिलेसम्म पुर्‍याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो। बैठकमा प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यमा पूर्ण रूपमा सक्रिय भएर जुट्न सरोकारवाला सबै निकायहरूलाई निर्देशन दिनुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.