किष्ट अस्पताल तनावग्रस्त: सुत्केरीको मृत्युपछि झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
ललितपुर। ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। चिकित्सकको लापरबाहीका कारण खोटाङकी ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले अस्पतालको गेट तोडेर ढुंगामुढा गर्न थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ। ‘किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका आफन्तको भिड नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो। अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।