११ कार्तिक २०८३, मंगलवार

सप्तकोसीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु, दुई बेपत्ता

22

विराटनगर । सप्तकोसी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। बोटमा सवार १४ जनामध्ये अन्य यात्रुको उद्धार गरिएको जनाइएको छ।

भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट खुवालुङ क्षेत्रनजिक इन्जिन बन्द भएपछि नदीमा बगेको र बराहक्षेत्रनजिक पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उद्धार गरिएका चार जनालाई उपचारका लागि चतरा अस्पताल लगिएकामा तीन जनाको उपचारका क्रममा मृत्यु भएको र एक जनाको उपचार भइरहेको, मृतकको पहिचान खुल्न बाँकी रहेको छ भने बेपत्ता दुई जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.