रवि लामिछाने र निकिता धार्मिक यात्रामा, कामाख्या देवीको दर्शन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछाने धार्मिक यात्रामा भारत पुगेका छन्। यसै क्रममा निकिताले भारतको कामाख्या मन्दिरमा देवी कामाख्याप्रति श्रद्धा व्यक्त गर्दै सामाजिक सञ्जालमा पोस्ट साझा गरेकी छन्।
निकिताले आफ्नो फेसबुक अकाउन्टमा ‘माँ कामाख्या देवी’ उल्लेख गर्दै ‘ऐं ह्रीं क्लीं कामाख्यै नमः’ र ‘क्लीं क्लीं कामाख्या क्लीं क्लीं नमः’ मन्त्र लेखेकी छन्।
उनको उक्त पोस्टमा देवी कामाख्याप्रति श्रद्धा व्यक्त गरिएको छ। रवि र निकिता धार्मिक यात्रामा रहेका छन्।
