११ कार्तिक २०८३, मंगलवार

उदयपुरमा १५९ किलो गाँजासहित एक जना पक्राउ

230

उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ सुपाडे देउरालीबाट करिब १५९ किलो ४०० ग्राम अवैध गाँजासहित एक जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका–८ आदोरा निवासी २८ वर्षीय पशुपती साफी रहेका छन्।

प्रहरी चौकी लालबजारबाट खटिएको टोलीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५२९० नम्बरको पिकअप गाडी जाँच गर्दा छ वटा बोरामा लुकाएर राखिएको गाँजा फेला पारेको थियो। प्रहरीले गाडी चालक साफीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.