११ कार्तिक २०८३, मंगलवार

माउण्टेन इनर्जीले लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस सेयर दिने

75

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको असोज २६ गते बसेको सञ्चालक समिति बैठकले कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कम्पनीले अघिल्लो आर्थिक वर्षमा पनि समान दरमा लाभांश वितरण गरेको थियो।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ७९ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २९.०८ प्रतिशत बढी हो।

कम्पनीको वार्षिक साधारणसभा कात्तिक २० गते भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा हुने भएको छ। लाभांश तथा अन्य प्रस्ताव साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछन्। साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.