१३ कार्तिक २०८३, बिहीबार

मधेशको शिक्षा सुधारमा नीतिगत परिवर्तन र एआईमा जोड

26

सिमरा — मधेश प्रदेशको शिक्षा सुधारका लागि नीतिगत परिवर्तनसँगै आधारभूत शिक्षाको गुणस्तर, सीपमूलक शिक्षा र प्रविधिको प्रयोगमा जोड दिनुपर्नेमा शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन्।

युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले सिमरामा आयोजना गरेको उच्चस्तरीय संवादमा सहभागीहरूले विद्यालय तहदेखि विश्वविद्यालयसम्मै सुधार आवश्यक रहेको बताएका हुन्।

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले शिक्षा ऐनमा व्यापक संशोधनको तयारी भइरहेको जानकारी दिँदै नीतिगत सुधारसँगै प्रभावकारी कार्यान्वयनमा जोड दिए।

कार्यक्रममा शिक्षा र रोजगारीबीचको सम्बन्ध बलियो बनाउन प्राविधिक तथा सीपमूलक शिक्षा, डिजिटल साक्षरता र एआईको प्रयोग बढाउनुपर्नेमा वक्ताहरूले जोड दिएका छन्। उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र श्रम बजारको आवश्यकतासँग जोड्नुपर्ने धारणा पनि सहभागीहरूले राखेका छन्।

Author

Leave A Reply

Your email address will not be published.