प्राकृतिक विपत्तिका कारण नुवाकोटको त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रको परीक्षा स्थगित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायले नुवाकोटस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रको परीक्षा स्थगित गरेको छ। रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढी र प्राकृतिक विपत्तिका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै त्रिविले यस्तो निर्णय गरेको हो।
त्रिवि व्यवस्थापन सङ्काय, डीनको कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचना अनुसार, स्नातकोत्तर तहको Master of Business Studies (MBS) कार्यक्रम अन्तर्गत भोलि २०८३ भदौ ११ गतेका लागि निर्धारित MGT 522: International Business विषयको परीक्षा स्थगित गरिएको छ।
सूचनामा उल्लेख भए अनुसार यो स्थगन त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस, त्रिशूली, नुवाकोट परीक्षा केन्द्रका लागि मात्र लागू हुनेछ। उक्त स्थगित विषयको परीक्षा तालिका यथाशीघ्र प्रकाशित गरिने त्रिविले जनाएको छ।
साथै, उल्लेखित परीक्षा केन्द्र बाहेक अन्य केन्द्रहरूमा भने पूर्व निर्धारित तालिका बमोजिम नै परीक्षा सञ्चालन हुने व्यहोरा परीक्षा नियन्त्रण महाशाखाले स्पष्ट पारेको छ।
