२७ भाद्र २०८३, शनिबार

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ सार्वजनिक

39

काठमाडौं : लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति ‘मोरे सैया’ सार्वजनिक भएको छ। प्रेमभाव र नेपाली संस्कृतिको मिश्रण रहेको यस गीतमा सुशीलालाई चर्चित गायक खेम सेन्चुरीले स्वरमा साथ दिनुभएको छ।

नेत्र अर्यालको शब्द रचना रहेको यस गीतमा खेम सेन्चुरीकै संगीत र हुकलाइन रहेको छ। गीतको संगीत संयोजन एचबीएन किस्मतले गर्नुभएको हो भने कुमार विश्वकर्माले गीत रेकर्ड गर्नुभएको हो।

गीतको म्युजिक भिडियोमा चर्चित कलाकार गरिमा शर्मा र गायक खेम सेन्चुरी स्वयंको मुख्य भूमिका रहेको छ। सुनिल बीकेको निर्देशनमा तयार पारिएको भिडियोलाई पर्यटकीय नगरी सौराहाका सुन्दर प्राकृतिक परिवेशमा छायांकन गरिएको छ। भिडियोमा नेपाली मौलिक पहिरनलाई प्राथमिकता दिइएको छ।

अनिल के. मानन्धरले छायांकन र प्रविन भट्टले सम्पादन गरेको यो भिडियो गल्बन्दी प्रोडक्सनको प्रस्तुतिमा बजारमा आएको हो। गीत गायिका सुशीला गौतमको आधिकारिक युट्युब च्यानल र विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.