२७ भाद्र २०८३, शनिबार

एलआरआर मोटर्सले नेपाल ल्यायो चिनियाँ लक्जरी ईभी ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

35

काठमाडौँ : नेपालका लागि आधिकारिक विक्रेता एलआरआर मोटर्सले चिनियाँ लक्जरी विद्युतीय सवारी (ईभी) ब्रान्ड ‘स्काईवेल’ नेपाल भित्र्याएको छ। कम्पनीले स्काईवेलको चर्चित मोडल ‘बीई ११’ (BE11) का दुई भेरियन्ट नेपाल ल्याएको हो।

यी सवारी साधन भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शो २०२४ को पहिलो दिन औपचारिक रूपमा सार्वजनिक गरिनेछ। सोमबार आयोजित एक कार्यक्रममा स्काईवेलका उपाध्यक्षले एलआरआर मोटर्सका प्रतिनिधि र अटोमोबाइल प्रेमीहरूको उपस्थितिमा ब्रान्डको लोगो अनावरण गर्नुभयो।

यस्ता छन् विशेषताहरू:
कम्पनीका अनुसार स्काईवेल बीई ११ दुईवटा ब्याट्री विकल्पमा उपलब्ध हुनेछ:
१. ७१.९८ किलोवाट आवर (NMC ब्याट्री): यसले एक पटकको पूर्ण चार्जमा ५२० किलोमिटर रेन्ज दिनेछ।
२. ५१.९१ किलोवाट आवर (LFP ब्याट्री): यसले ४१० किलोमिटर रेन्ज प्रदान गर्नेछ।

दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको शक्तिशाली मोटर रहेको छ। ८०० भी हाई-भोल्टेज आर्किटेक्चरमा आधारित यो ईभी डिसी फास्ट चार्जरबाट मात्र ३५ मिनेटमा ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ।

नेपाली बाटो सुहाउँदो डिजाइन:
नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै यसमा १९८ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स दिइएको छ। ५ सिट क्षमताको यो लक्जरी ईभीमा पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट र आधुनिक बडी डिजाइन जस्ता सुविधाहरू छन्।

कम्पनीले यसको मूल्य र वारेन्टीको विवरण नाडा अटो शोमा सार्वजनिक गर्ने जनाएको छ। नाडा अटो शोमा स्काईवेलको स्टल ‘एच १९’ मा रहनेछ, जहाँ ग्राहकले गाडीको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्। एलआरआर मोटर्सले यसलाई आक्रामक मूल्यमा बजारमा उतार्ने लक्ष्य लिएको छ।

Author

Leave A Reply

Your email address will not be published.