२७ भाद्र २०८३, शनिबार

आज जेनजी सहिद दिवस, देशभर सार्वजनिक बिदा

38

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा आज नेपालमा पहिलोपटक जेनजी सहिद दिवस मनाइँदैछ। सरकारले आन्दोलनमा ज्यान गुमाएका युवाको सम्मानमा भदौ २३ गतेलाई जेनजी सहिद दिवस घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिएको छ।

गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी आन्दोलन भ्रष्टाचार, नातावाद, बेरोजगारी, असमानता र सुशासनको मागसहित देशव्यापी आन्दोलनमा परिणत भएको थियो। आन्दोलनले नेपालको राजनीतिक घटनाक्रममा समेत ठूलो परिवर्तन ल्याएको थियो।

आजको दिन आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले उठाएका सुशासन, जवाफदेहिता, पारदर्शिता र पुस्तान्तरणका सवाललाई स्मरण गरिँदैछ।

Author

Leave A Reply

Your email address will not be published.